अक्सफोर्ड विश्वविद्यालयले बनायो कोरोना भ्याक्सिन, कति प्रभावकारी होला ?

अक्सफोर्ड युनिभर्सिटीले बनाएको भ्याक्सिन कति सफल हुनेछ वा छैन भन्ने बारे हामीले अर्को वर्ष मात्रै थाहा पाउने बताइएको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकारी पास्कल सोरियोले भाइरसको व्यवहार असाध्यै अप्रत्यासित भएकोले यसबाट बच्नका लागि भ्याक्सिनको एउटा डोज पर्याप्त छ–छैन भनेर अहिले नै जानकारी दिन नसकिने बताएका छन् ।

कम्पनीले बीबीसीलाई भनेको छ, ‘हामीलाई आशा छ कि भ्याक्सिनले कम्तीमा १२ महिनासम्म काम गर्नेछ । यद्यपि, हामीलाई यो पनि आशा छ कि यो दुई वा सोभन्दा बढी समयका लागि पनि प्रभावकारी हुनसक्छ ।’

कम्पनीका अनुसार यदि यसको असर एक वर्षसम्म मात्रै रहन्छ भने फ्लू भ्याक्सिन झैं वार्षिक रुपमा यसको डोज दिन आवश्यक हुनेछ ।

ठूलो परिमाणमा भ्याक्सिनको उत्पादन गर्ने कम्पनी एस्ट्रानेनिकाले सुरुमा यो भ्याक्सिनको सप्लाईका लागि अमेरिका, बेलायत र युरोपको इन्क्लूसिव भ्याक्सिन अलाइन्ससँग सम्झौता गरिरहेको छ ।

यदि योजना अनुरुप काम भएको खण्डमा २०२० को अन्तिमसम्म यो भ्याक्सिनको सप्लाई सुरु गर्ने कम्पनीले आशा राखेको छ । कम्पनीले बेलायत, अमेरिका, ब्राजिल र दक्षिण अफ्रिकामा भ्याक्सिनको ह्यूमन ट्रायल चलिरहेकोले यसको नतिजा चाँडै नै आउने जानकारी दिएको छ ।

सुरुवाती ट्रायलमा यो भ्याक्सिनले शरीरको रोग प्रतिरोधी शक्तिलाई रोगसँग लड्न सिकाउन सक्ने पत्ता लागेको छ । यद्यपि, भाइरसबाट सुरक्षाका लागि यो पर्याप्त छ–छैन भन्नेबारे हालसम्म कुनै जानकारी उपलब्ध छैन ।

ट्रायलसँग सम्बन्धित डाटाका अनुसार भ्याक्सिनको एउटा डोजको तुलनामा दुई दोज थप प्रभावकारी हुनसक्छ । एस्ट्राजेनिकाले भनेको छ, ‘हुन सक्छ यहि डोज दिनु नै थप प्रभावकारी तरिका हो ।’ बीबीसी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..