यस कारण हुँदैन एक व्यक्ति एक पद कार्यान्वयन

नेपालको राजनीतिक वृत्त अहिले गरमा गरम अवस्थामा रहेको छ । देशको बहुमत प्राप्त दल नेकपा आफ्नै आन्तरिक विवादमा जगडिएको छ । भने दोस्रो ठुलो दल नेपाली कांग्रेस महाधिवेशनको तयारीमा लागेको छ ।

काठमाडौं । नेपालको राजनीतिक वृत्त अहिले गरमा गरम अवस्थामा रहेको छ । देशको बहुमत प्राप्त दल नेकपा आफ्नै आन्तरिक विवादमा जगडिएको छ भने दास्रो ठुलो दल नेपाली काग्रेस महाधिवेशनको तयारीमा लागेको छ ।

यसरी दुई दल आ–आफ्नो तयारीमा लागि रहेको बेला राजनीतिक बृत्त तातिरहेको छ । प्रमुख दल नेकपाले सरकार चलाई रहेको छ । भने कांग्रेस प्रतिपक्षमा रहेको छ । आन्तरिक विवादको नेकपा र महाधिवेशनको कांग्रेसको बहस भने नेतृत्वको कार्यशैली र परिवर्तनको छ ।

नेकपाको विधानमा एक व्यक्ति एक पदको व्यवस्था छ । तर व्यवहारमा त्यस्तो छैन । बरु एक व्यक्तिले जहाँ जहाँ सक्छ, त्यहाँ त्यहाँ हठप्ने प्रवृति बढेको छ । त्यसैले त्यसलाई रोकेर विधि ,विधान अनुसार पार्टी सञ्चालन गर्नु पर्ने आवाजले बुलन्ध बनाएको छ । बहसलाई चरम उत्कर्षमा पु¥याएको छ ।

त्यस्तै कांग्रेसमा पनि नेतृत्व परिवर्तनको मुख्य बहस छ । कांग्रेसकाे इतिहासमा सभापति शेर बहादुर देउवा मात्र त्यस्तो सभापति हुन् । जो कोइराला परिवारको हैन । कांग्रेस देउवा भन्दा पहिले कोइरालाले मात्र राज गरेको पार्टी हो । अहिले एकाथरी कोइरालालाई नै पार्टी बुझाउने तयारीमा छन् । भने अर्को थरी युवा पंक्तिले नेतृत्व गर्नुपर्छ भन्नेमा छ ।

नेपालको सबै जसो पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था छ । तर त्यो व्यवहारमा लागु हुँदैन । नेपालको राजनीतिक व्यवस्थामा लामो समय देखि यो बहसको बिषय भने पनि कार्यन्वयन कुनै पनि पार्टीले गर्न सकेको छैन । पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था राम्रो भएको नेकपाका केन्द्रिय सदस्य युवराज चौलागाई बताउछन् । उनी भन्छन्, ‘पार्टीमा एक पद मात्र लिएर काम गर्दा कामप्रति जिम्मेवार र परिणाममुखि हुन्छ ।’ नीति राम्रो हुँदा हुदै पनि यो कार्यन्वयन हुन नसक्नुको धेरै कारण रहेको उनको भनाइ छ । सर्वशत्तावादी व्यक्ति केन्द्रित प्रवृति मुख्य कारण भएको चौलागाइले बताए ।

२०१५ साल देखि एउटै बहस

एक व्यक्ति एक पदको बहस २०१५ सालबाट भएको देखिन्छ । जव काग्रेसले विपीको नेतृत्वमा बहुमतको सरकार चलाए । सरकार र पार्टीबीचको सम्बन्धमा समस्या हुन थाल्यो । पार्टीको समस्या समाधान गर्न विपीलाई पार्टीले कि सरकार की पार्टीको नेतृत्व एक छोड्न दवाव दिएका थिए । तर त्यो दवाव एक व्यक्ति एक पदलाई कार्यन्वय भन्दा सरकार असफल र पार्टी असफल भयो ।

त्यस्तै अर्को उदाहरण २०४७ सालको संविधान निर्माण पछि बनेको सरकार पनि रह्यो । त्यसबेला पनि कांग्रेसले नै सरकार बनाएको थियो । गिरीजाप्रसाद कोइराला नेतृत्व सरकारले त्यहाँ पनि बहुमतको सरकार चलाएको थियो । समस्या उही आयो । सरकारको बहिरो कार्यशैली, गुट र विशेषको राजनीतिक । परिणामत सरकार असफल मात्र भएन पार्टी र व्यवस्था पनि परिवर्तन भयो ।

यसरी इतिहासलाई हेर्दा आजको राजनीतिक वृत्तमा चलेको बहसले कतै पार्टी र सरकार मात्र नभइ व्यवस्था पनि परिवर्तन हुने त हैन । भन्ने प्रश्न खडा गरि दिन्छ ।

अहिले नेपालको इतिहासमा कम्युनिष्टको सरकारको यो पहिलो बहुमतिय सरकार हो । जनताले कम्युनिष्ट प्रति धेरै आशा र भरोसा गरेका छन् । तर नेकपा आन्तरिक विवादमा यसरी फसेको छ । कि अब त्यहाँ भित्रको नेताहरु अनकन्टार इगोमा पुगेको छ । जसले आन्तरिक पार्टी निर्माण र जनताको भावना अनुसार चल्न असम्भव हुन्छ ।

नेकपाका नेताहरुले त्यो इतिहासलाई भुल्न हुन्न । जुन इतिहासमा पार्टीले गल्ती गर्दा सरकार र पार्टी मात्र हैन, राज्य व्यवस्था नै परिवर्तन थियो ।

नेपालमा स्थापना भएको गणतन्त्र र संघियतालाई जोगाउन र यसलाई सुदृढ बनाएर अगाडि बढाउन नेकपाका नेताहरु एक आपसमा मिलेर जान आवश्यक छ । नेपालमा भएको व्यवस्था परिवर्तनमा नेपालकै केही शक्तिहरु र देशी-विदेशी शक्तिहरु सन्तुष्ट छैन । उनीहरु नेपालमा राजनीतिक स्थायित्व नहोस् र सधैँ अशान्ती चाहान्छन् ।

 

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..