अन्तर्राष्ट्रिय सीमा विवाद सुल्झाउन सरोकार समितीको माग

अन्तराष्ट्रिय सीमा सरोकार समितीले नेपाल भारतमा भई रहेको सीमा अतिक्रमण रोक्ने गरी सीमा समस्या समामधान गर्न माग गरेको छ ।

 

काठमाडौं । अन्तर्राष्ट्रिय सीमा सरोकार समितीले नेपाल भारतमा भई रहेको सीमा अतिक्रमण रोक्ने गरी सीमा समस्या समामधान गर्न माग गरेको छ । अन्तर्राष्ट्रिय सीमा सरोकार समितीका संयोजक पल्लब राज भट्टले यस्तो माग गरेका हुन् ।

उनले भारतिय सेना एएबिले लगातार नेपाली सीमामा अतिक्रमण गरेको त्यसलाई तत्काल समाधान गर्न नेपाल सरकारले पहल गर्न माग गरेको छ । उनले भारतियले विभिन्न समयमा सीमा सम्बन्धी भएको सहमतिको उल्लघन गरेको पनि बताए ।

भट्टले एएबिले बेलौरी नगर पालिका वडा न. ८ पचुइ स्थित ३८ न. पिल्लर नजिक बाट निर्माण भै रहेको हुलाकी सडक रोक्न खोजेको बताए । भारतले दुई देश बिच सम्झौता नभएको स्ट्रीप नक्सा ल्याएर एक तर्फी रुपमा दाबी गरि रहेको छ । नेपाल भारत सन्युक्त सिमा सर्बे टोलि ले २०५८ देखि २०६३ सम्म कंचनपुर जिल्लाको स्ट्रीप नक्सा तयार गरेको थियो ।

नेपालमा आन्तरिक द्वन्दका कारण सिमा क्षेत्रमा सुरक्षा नभएको बाहनामा नेपाली नापी टोलि भारत तिर भारतिय टोलिसङ्गै बसेर एक तर्फी रुपमा भरतीयहरुको दाबी अनुसार स्ट्रीप नक्सा तयार गरिएको उनले बताए । जुन नक्साअनुसार नेपालको ठूलो भुभाग भारत तिर पर्ने भएको छ ।

केही समय अगाडी नेपाल सरकारका सबै सरोकारवाला मन्त्रालय र संसदीय समितिसंग अन्तर्राष्ट्रिय सिमा सरोकार समूह कंचनपुरको तर्फ बाट कंचनपुरको स्ट्रीप नक्सा छानबिन गरि रास्ट्रप्रति घात गर्ने तत्कालीन नापीटोली प्रमुख मधुरमण मास्के सहितको टोलि माथी कार्वाही र नक्सा पुनरावलोकनको माग गरिसकेको जानकारी दिए । विज्ञसहितको संसदीय टोलि पठाएर छानबिन गर्ने र सो नक्सा अनुसारको नापी बन्द गर्ने कुरा सरकारले आश्वासन दिए पनि लकडाउन का कारण नापी रोकिएको थियो । संसदीय टोलि पनि आउन सकेन । अब लकडाउन हटि सकेको र भारतीय पक्षले बारम्बार बिबाद गर्दै आइ रहेकोले तत्काल विज्ञसहितको संसदीय अनुगमन टोलि पठाएर नक्सा बारे टुङ्गो लगाउन उनले सरकारसँग माग गरेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..