कोरोनाका कारण नेपालमा मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण वीरगञ्जम थप दुई जनाको मृत्युु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।

वीरगञ्जमा ३५ र ६५ वर्षका पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो । वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो करिब ८ बजे मृत्यु भएको गण्डक अस्पतालका डाक्टर निरज सिंहले बताउनुभयो ।

वीरगञ्जमा घरमै मृत्यु भएका एक जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषको घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले हिजो दिउँसो स्वाब सङ्कलन गरेको थियो । बेलुका ती व्यक्तिमा कोरोना पुष्टि भएको रिपोर्ट आएको हो ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको हालसम्मको जम्मा सङ्ख्या १९ हजार पाँच सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय २७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कोरोनामुक्त हुनेको हालसम्मको जम्मा सङ्ख्या १४ हजार दुइ सय ४८ पुगेको छ । काठमाडौँ उपत्यका प्रवेश गर्नेको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टाइनमा व्यवस्थापन गर्ने भएको छ ।

काठमाडौं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा सङ्क्रमण देखिन थालेपछि प्रवेश नाकामै क्वारेन्टिनको व्यवस्था गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले, कोभिड–१९ परीक्षणको लागि स्वीकृति पाएका सबै निजी प्रयोगशालालाई आफैंले स्वाब सङ्कलन गरेर परीक्षण गर्न दिने निर्णय पनि गरेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..