प्रहरी प्रधान कार्यालयमा कोरोना भाइरस थप १८ सहित ७२ संक्रमित


साउन १६, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या बढेर ७२ पुगेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतका अनुसार शुक्रबारसम्मप्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको हो।

सबै संक्रमितहरूलाई बलम्बुस्थित एपिएफ कोरोना अस्पतालमा भर्ना गरिएको उनले जानकारी दिए।

पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो। संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी छन्। उनीहरुलाई कहाँबाट संक्रमण फैलियो भनेर अहिलेसम्म ट्रेसिङ गरी पत्ता लगाउन सकेको छैन । प्रवक्ता कडायतका अनुसार प्रहरी फिल्डमा खटिरहनु पर्ने हुन्छ, बाहिर जादाँ कतैबाट सरेको होला तर कहाँबाट भन्न सकिने अवस्था नरहेको बताए।

संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए।

चिकित्सकहरूले कन्ट्याक्ट ट्रेसिङ गरिरहनुभएको छ। हिजो बिहान ४४ जनामा देखियो फेरि बेलुकी ५४ पुग्यो आज फेरि बढ्यो, उनले भने, त्यही कन्ट्याक्ट ट्रेसिङमार्फत् १५/२० जनाभन्दा बढीलाई
क्वारेन्टिनमा राखिएको छ। प्रवक्ता कडायतले बताए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..