सरकारले यथार्थ, सहि र पारदर्शी विवरण जानकारी दिने काम गरोस् – डाक्टर रविन्द्र पाण्डे

सरकारले  यथार्थ, सहि र पारदर्शी विवरण जानकारी दिने काम गरोस्  - डाक्टर रविन्द्र पाण्डे 1

सरकारले  यथार्थ, सहि र पारदर्शी विवरण जानकारी दिने काम गरोस्  - डाक्टर रविन्द्र पाण्डे 2काठमाडौं । स्वतन्त्र रुपमा जनता तथा सरकारलाई कोरोना भाइरसका सम्बन्धमा स्वास्थ्य सुझाव र सरकारलाई सर्तक हुन सुझाव दिँदै आउनु भएका डाक्टर रविन्द्र पाण्डेले सरकारलाई संक्रमितको विवरण पारदर्शी बनाउन माग गरेका छन् । उनले भनेका छन् : स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिंदा पारदर्शी नभएको आम जनताको बुझाइ छ । विवरण दिंदा स्थायी ठेगाना भन्नुको कुनै अर्थ छैन । जुन व्यक्ति जहाँ बसेको छ, त्यहि ठाउँको ठेगाना उल्लेख गर्नुपर्दछ । उदाहरणको लागि काठमाडौंमा ब्यापार गरेको पर्साको व्यक्तिलाई पर्साको विवरणमा किन राख्ने रु काठमाडौं महाबौद्ध बस्ने बर्षको भन्यो भने त्यो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन थप प्रेरित गर्दछ । त्यस्तै काठमाडौंमा ५३ जना भनेर अपुरो सुचना दिंदा आम जनतामा द्विविधा भएको छ ।

सूचनाको हक स्वास्थ्य मन्त्रालयले उल्लङ्घन गर्नु हुँदैन । ठेगाना लुकाउँदा वा स्थायी ठेगाना भन्दा आम मानिसमा सरकारले संक्रमितको संख्या लुकाएको भन्ने आशंका व्याप्त छ। अमेरिका, युरोप, भारत लगायत देशले जसरी पारदर्शी ढंगले संक्रमितको संख्या, गम्भीर व्यक्तिको संख्या तथा मृतकको संख्या उल्लेख गरेका छन्, हामीले त्यहि गर्नुपर्छ ।

परीक्षण नगरेको ठाउँमा गरेको भन्ने भनाइ आएको छ । जिम्मेवार पदमा बसेका व्यक्तिले आधिकारिक कुरा मात्र बोल्नुपर्छ । जनतालाई झुठो कुरा गर्नु, सुचना अपुरो दिनु वा अन्यथा दिनुलाई पनि अख्तियारी दुरुपयोग गरेको मानिन्छ । त्यस्तै सुचनाको अधिकार हनन गरेको पनि मानिन्छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..