तपाईलाई थाहा छ नेपालमा प्रचलित सम्वतहरु कुन कुन हुन् ?

(क) कलिगत सम्बत् वा शक सम्वत् : कलिगत सम्बतलाई सबैभन्दा पुरानो सम्बत मानिन्छ । यो सम्बत इशापूर्व ३१०२ मा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि शुरू भएको हो । चैत्र शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुने भएकाले कलिगत र शक सम्बत् एउटै भनिएपनि कालगणनाका हिसाबले यी दुई सम्बतमा ठूलो अन्तर छ । वि.सं. २०५९ साल कलिगत सम्वतअनुसार ५१०३ वर्ष हुन आउँछ । ज्योतिष शास्त्रमा यसको ठूलो महत्व छ ।

(ख) शक सम्बत् : सन् ७८ को चैत्र शुक्ल प्रतिपदाको दिनदेखि शक सम्बत्को शुरूवात भएको हो । कलिगत सम्बत् र शक सम्वत एउटै भनिए पनि यो कलिगत सम्वत्को अन्तसँगै शुरू भएकोले यसलाई कलिगत सम्वत्को नयाँ संस्करण वा नयाँ वर्ष मानिन्छ । कलिगत सम्वत्को ३१७९ वर्षपछि यसको शुरूवात भएको हो । शक सम्वत्मा ग्रह, नक्षत्र, योग पला, घडी आदि उल्लेख भएकोले नेपाल सम्वत्को तिथिमिति यसैको आधारमा निर्धारण गरिन्छ ।

ग) विक्रम सम्वत्ः भारतको उज्जेन राज्यमा साम्राट विक्रम शिल विक्रमजीत वा विक्रमदित्यले आफ्ना सम्वत् शुरू गरेको पाइन्छ । प्राचिन बि.संं. कार्तिक शुल्क प्रतिपदाको दिनदेखि शुरू हुन्छ । यो सम्वत् सन् ५९३ मा अंशुवर्माको पालामा भारतको बंगालमा प्रचलित परम्पराअनुसार लागू गरियो । बंगालमा मेष संक्रान्तिलाई नववर्ष मानने हुँदा यहाँ पनि त्यसै बमोजिम लागू गरियो । भारतमा इसापूर्व ५८ को अप्रिल र ५८ कै नोभेम्बर गरी दुई किसिमका वि.सं. मान्ने र नेपालमा पनि अप्रिलदेखि शुरू हुने वि.सं.लाईआधार मानि वर्ष गणना गरिन्छ । केही हिन्दु चाडपर्व, प्रथा, परम्परा तथा धार्मिक क्रियाकलाप वि.सं.कै तिथि, मितिअनुसार गरिन्छ । नेपाल हिन्दु राष्ट्र भएको र अरूले पनि यसैलाई सर्वाधिक मान्यता दिन्छन् ।

घ) बुद्ध सम्वत्ः— भगवान् बुद्धको महापरिनिर्वाण (स्वर्गारोहण) को सम्झना गर्न प्रत्येक दिन धर्सी तान्ने र त्यसैको आधारमा वर्ष गणना गरी बृद्धसम्बत्लाई प्रचलनमा ल्याइएको हो । बुद्ध सम्वत् त्यति प्रचलित नभए पनि बुद्ध धर्मावलम्वीहरू आफ्नो सबै धार्मिक कार्य सै अनुसार गर्दछन् । वि.सं. २५६ बैशाख पूर्णिमाका दिन २६३६ बुद्ध जयन्ती, २५९१ औं बोधिसत्व (बुद्धत्व प्राप्ति) जयन्ती र २५४६ औं महापरिनिर्वाण दिवसका रूमपा मनाइन्छ ।

ङ) इस्वीसन् :— क्रिश्चियनहरू २५ डिसेम्बरलाई जिसस क्राइस्टको जन्मदिन वडादिन र क्रिसमस समाप्त हुने १ जनवरीलाई नववर्षको रूपमा भव्यताका साथ मनाउँछन् । इसापूर्व ४ मा इजराइलको वेथलेहममा जिसस क्राइस्टको जन्म भएको र पुरानो कुरा नमानी नयाँ कुराको स्थापना गर्न खोजेकोले सन् ३३ मा मृत्युदण्ड दिइएको थियो । जिसस क्राइस्टको जन्म र मृत्युले इस्वी सम्वत्को निकटम् सम्बन्ध राख्दछ ।
इस्वीसम्बत् शुरू हुनुभन्दा अगाडिको समयलाई द्यऋ.द्यभायचभ ऋचबष्कत र इस्वीसम्वत् शुरू भएपछिको समयलाई ब्म्.ब्ललय म्यmष्लष् भनिन्छ ।

च) खज्यूक सम्वत् :— खज्यूक सम्वत् नेपालका शेर्पा समुदायमा प्रचलित छ । खज्यूक सम्वत्मा नववर्षको उपलक्ष्यमा ल्होसार पर्व मनाइन्छ । बि.सं. २०५९ मा २१२९ औं ल्होसार मनाइन्छ । मुसा, चिल, खरायो, अजिङ्गर, सर्प, घोडा, बाँदर, कुकुर, बँदेल (सुँगुर), कुखुरा, भेडा आदिको नामबाट वर्षका १२ महिनाको नाम राखिएको छ । खज्यूक सम्वत् वि.सं.भन्दा ७० वर्ष पुरानो छ ।

छ) हिजरी सम्वत् :— मुस्लिम समुदायमा प्रचलित हिजरी सम्वत् इस्वीसन् ६२२ मा पैगम्वर मोहम्मदको मृत्युपछि शुरू भएको हो । पैगम्बर मोहम्मद आफ्नो जन्मस्थल मक्कामा पाखण्डी मौलवीहरूको अगाडि टिक्ट नसकी मदिना पलाउन (भागेको) स्मृतिमा यो सम्वत् शुरू भएको मानिन्छ । नेपालका मुस्लिम समुदायमा पनि यो सम्वत् मान्ने प्रचलन छ ।

ज) यहुदी सम्वत् :— इसापूर्व ३७६ मा ७ अक्टुबरका दिनदेखि यहुदी सम्वत् प्रारम्भ भएको मानिन्छ ।

झ) नेपाल सम्वत् :— नेपालमा थुप्रै सम्वत्हरू भए पनि राष्ट्रिय सम्वत्को दर्जा । विक्रम सम्वत्पछि बढी प्रचलनमा आएको सम्वत् नेपाल सम्वत् हो । हाल यो सम्वत् ११२२ मा चल्दैछ । नेपाल सम्वत्को प्रणेता शंखधर साख्वा हुन् । उनलाई श्री ५ को सरकारले ०५६ मंसीर २ गते राष्ट्रिय विभुतिको रूपमा (१४ औं विभूति) घोषित गरेको छ । साख्वाले आजभन्दा ११२२ वर्षअघि काठमाडौं र भक्तपुरका जनताको ऋण तिरी दिएर यो सम्वत् चलाएका थिए । त्यसबेला ठूलो परोपकार गर्ने व्यक्तिले नयाँ सम्वत् चलाउन पाउँथ्यो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..