रामेछापको हिमगंगामा रहेको सोह्र भगवती परिसरमा बृक्षारोपण

रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगामा रहेको सोह्र भगवती मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।

 

रामेछापको हिमगंगामा रहेको सोह्र भगवती परिसरमा बृक्षारोपण 1

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगामा रहेको सोह्र भगवती मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । सोह्र भगवती विकास समितिको नेतृत्वमा मन्दिर आसपासमा वृक्षारोपण भएको सोह्र भगवती विकास समितिको  सह सचिव बिष्णु श्रेष्ठले जानकारी दिए ।

रामेछापको हिमगंगामा रहेको सोह्र भगवती परिसरमा बृक्षारोपण 2

मन्दिर परिसरमा विरवा रोप्नको लागि विभिन्न नर्सरीबाट विरुवा ल्याएको सचिव चन्द्र श्रेष्ठले बताए । उनले मन्दिर परिसरलाई धार्मिक बन बनाउने उदेश्य रहेकाले त्यस क्षेत्रमा विभिन्न किसीमको विरुवाहरु लगाउने क्रम जारी रहेको बताए ।

रामेछापको हिमगंगामा रहेको सोह्र भगवती परिसरमा बृक्षारोपण 3

सोह्र भगवती मन्दिर परिसरमा अघिल्लो बर्ष पनि वृक्षारोपण गरिएको थियो । आगामी दिनमा यो अभियानलाई थप शसक्त रुपमा अगाडि बढाउने पनि सचिव श्रेष्ठले बताए ।

रामेछापको हिमगंगामा रहेको सोह्र भगवती परिसरमा बृक्षारोपण 4

मन्दिर क्षेत्रलाई धार्मिक बन बनाउनको लागि सामुदाय बनले निर्णय गरेर दिइसकेको छ । सोह्र भगवती मन्दिरलाई नगरपालिकाको धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्न आवश्यक भौतिक पुर्वधार निर्माणको लागि समिति लागि रहेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..