काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थप

काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थप 1

काठमाडौं । नेपाली काँग्रेसले पदावधि सकिएका पार्टीका बिभिन्न ९ वटा भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थपेको छ ।

काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद सकिएका मितिबाट छ महिनाका लागि भ्रातृ सङ्घहरुको म्याद हिजो थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल तामाङ सङ्घ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।

महाधिवेशन नजिकिँदै गर्दा काँग्रेसमा गुटगत राजनीति चलिरहेको बेलामा सभापति देउवाले एकलौटी रूपमा सङ्घहरूको म्याद थप्नुभएको छ । नेता रामचन्द्र पौडेल पक्षले भने आफूहरूसँग छलफल नगरी जथाभावी निर्णय गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..