आजदेखि विराटनगरमा दुई साता लकडाउन

आजदेखि विराटनगरमा दुई साता लकडाउन 1

काठमाडौं । विराटनगर महानगरपालिकामा आजदेखि दुई साताका लागि लकडाउन सुरु भएको छ । समुदायमा कोरोना फैलिएको भन्दै महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिकास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको हिजोको बैठकले नगरक्षेत्रमा थप सङ्क्रमण फैलिन नदिन साउन १६ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म लकडाउनको निर्णय गरेको हो ।

मेयर भीम पराजुलीले समुदायमै कोरोना भाइरसको सङ्क्रमित देखिएपछि लकडाउन सुरु गरिएको बताउनुभयो । लकडाउनको कारण आज बिहानैदेखि विराटनगरमा सुनसान छ । चार दिन अघिदेखि वीरगञ्ज महानगरपालिकाले पनि नगर क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो ।

पछिल्लो समय भारतसँग सीमा जोडिएका तराईका ठूला सहरमा कोरोना सङ्क्रमण तीब्र बन्दै गएको छ । सङ्क्रमणसँगै मृत्युदर पनि बढेको छ । साउनयता पर्सामा मात्रै कारोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..