आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना 1

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक/दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..