पार्टीमा अहिले चलेको बहस विचार, विधि र पद्धतिको हो – प्रचण्ड

पार्टीमा अहिले चलेको बहस विचार, विधि र पद्धतिको हो - प्रचण्ड 1

साउन १२, काठमाडौँ  । पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको नेकपाका अध्यक्षप्रचण्डले बताउनु भएको छ । नेकपाभित्र पछिल्लो समय चर्किएको विवादका बीचमा दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि नभएको  बताउनु भएको छ ।

कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा च्यासलमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको पनि बताए । पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने ? पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो ।

आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए । पद होइन राष्ट्रको सेवा मुख्य कुरा हो । पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने, स्थायित्व दिने जिम्मेवारी हो भनेर अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नको निम्ती त्याग गर्दै आएका छौं  प्रचण्डको भनाइ थियो ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ थियो । उनले पार्टी एकताको रक्षा गर्नका लागि नेताहरू बहसमा रहेको पनि बताए । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुदा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उनको भनाइ थियो । पार्टी एकतालाई यो बहसले अझ माथिल्लो स्तरमा लगेर सुदृढ गर्नेछ । पार्टीलाई टुटाउने, फुटाउने सबै खालका प्रवृति परास्त हुनुपर्छ, परास्त गरिनुपर्छ । यो सबै एकताबाट हुने हो, उनले भने, इतिहासका तितामिठा अनुभवहरूबाट शिक्षा लिएर जनता, कार्यकर्ताको चाहना पार्टी विभाजित नहोस् भन्ने छ । एकता अक्षुण्ण राख्ने नाममा विभिन्न मुद्दा र विचारको बहस ढाकछोप हुनुहुँदैन । तिनको फर्छ्यौट ठीक ढंगले गरिनुपर्दछ भन्नेमा हामी सचेत छौं ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी कार्यक्रममा प्रचण्डले पार्टी एकताको तीन वर्षमै विभाजन हुने हो कि भन्ने चिन्ता पैदा भएको बताए ।
अध्यक्ष प्रचण्डले कार्यकता र जनतामा कतै नेकपा फुट्ने हो कि भन्ने आशंका रहेको र आपूm भरमजुदर पार्टी एकतालाई जोगाउन र बचाउन लाग्ने समेत बताउनु भयो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..