प्रहरीसहित साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण

प्रहरीसहित साउदीबाट फर्किएका पुरुषमा कोरोना सङ्क्रमण 1

भक्तपुर। महानगरीय प्रहरी वृत्त सानोठिमीमा कार्यरत एक प्रहरी हबल्दारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा भएको पिसिआर परीक्षणमा ३३ वर्षीय प्रहरी हबल्दारमा कोरोना देखिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । सङ्क्रमित हबल्दारको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी साउदी अरबबाट गत २२ गते नेपाल फर्किएका मध्यपुरथिमि नगरपालिका–४ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साउदीबाट फर्किएका २५ वर्षीय पुरुषलाई २६ दिनमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाल विद्युत् प्राधिकरण थिमि शाखासँगै रहेको सङ्क्रमितको घर तथा परिवारले सञ्चालन गरेका खाजा पसल बन्द गराएको छ । सङ्क्रमित पुरुषलाई पाटन अस्पतालमा उपचार भइरहेको छ । रासस

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..