लाल मस्तिष्क बाट बन्यो ‘मालिका’ ,मुख्य भूमिकामा १४ वर्षिय बालिका

नायिका रेखा थापाले निमार्ण फिल्म ‘लाल मस्तिष्क’ को नाम परिवर्तन गरेकी छिन ।नाम परिवर्तन गरेर रेखाले फिल्मलाई मालिका नाम दिएकी छिन ।

नाम फेरे संगै नायिका थापाले कर्णाली प्रदेशको जाजरकोटकि १४ वर्षीया बालिकालाई नायिकाको रुपमा रोजेकी छिन ।

जाजरकोटकी चौध वर्षिय कमला वलीले ‘मालिका’मा मुख्य भूमिका खेल्ने भएको छिन । कमलासँग फिल्ममा रेखाको पनि महत्वपूर्ण भूमिका रहनेछ । बाल विबाह अन्त्यको महा अभियानको दौरानमा रहेकी नायिका थापा समाज रुपान्त्ररणको लागि र महिला अधिकारको लागि आफूसँग भएको सम्पूर्ण शक्ति र सामथ्र्य प्रयोग गर्ने बताउँदै आएकी छन् ।फिल्म मालिका बैशाख आगामी २४ गते देखि छायांकन शूरु हुनेछ भने लक्ष्मी पुजाको दिन रिलिज हुने छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..