अब एक दुई दिन ठूलो पानी नपर्ने पूर्वानुमान

काठमाडौं । अबको एक–दुई दिन लगातार झरी पर्ने सम्भावना नरहेको तर मनसुनका बेला देशभरका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थामा रहेकाले अब एक–दुई दिनलाई लगातार झरीको सम्भावना छैन् । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिक बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

मौसमविद् पौडेलका अनुसार स्थानीय रूपमा विकास हुने अन्य मनसुनी प्रणालीले पनि वर्षा गराउँछ त्यसैले सामान्य बदली हुने सम्भावना छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..