नेपालमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेको दोस्रो प्रदेश बन्यो सुदूरपश्चिम

डडेलधुरा । सुदूरपश्चिम प्रदेश देशका ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना सङ्क्रमित फेला परेको प्रदेशमा दोस्रोमा छ ।

प्रदेश २ पछि नेपालमा सबैभन्दा बढि कोरोना सङ्क्रमित सुदूरपश्चिममा रहेका हुन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय २४ पुगेको छ ।

प्रदेशमा सबैभन्दा बढि कैलालीका १ हजार ६२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीका ७ सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । कञ्चनपुरका ५ सय ४४, डडेल्धुराका ३ सय ९, बैतडीका २ सय ९५, बझाङका २ सय ९ र दार्चुलाका ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएका ३ हजार बढि डिस्चार्ज भएर घर फर्किएका छन् भने ९ जनाको मृत्यु भईसकेको छ । सुदूरपश्चिमभन्दा बढि सङ्क्रमण पुष्टि भएको प्रदेश नम्बर २ मा ५ हजार १ सय ५५ कोरोना सङ्क्रमित रहेका छन् ।

प्रदेश नम्बर ५ मा ४ हजार ३ सय ६५, कर्णाली प्रदेशमा २ हजार १७, गण्डकी प्रदेशमा १ हजार ५ सय ८१, बाग्मती प्रदेशमा १ हजार १ सय ४ र प्रदेश नम्बर १ मा १ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..