प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता

काठमाडौँ — नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।

दाहालले खनाललाई पनि साथै लिएर गएका थिए । छलफल बिहान पाैने दशबाट सुरु भएको दाहालका प्रेस संयाेजक विष्णु सापकाेटाले बताए।

केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..