नेपालमा थप २४६ जनाका कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०३३२ पुग्यो

काठमाडौं । नेपालमा आइतवार थप २ सय ४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४६ जना डिस्चार्ज भएका छन् ।

अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २ सय ५१, प्रदेश नम्बर २ मा २ हजार १ सय ७५, बागमती प्रदेशमा ६ सय ६ र गण्डकी प्रदेशमा २ सय ८७ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

आइतबार पीसीआर विधिबाट ८ हजार ८ सय ६१ वटा परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण भएको छ । देशभरीका क्वारेन्टिनमा क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ९४, बागमती प्रदेशमा ७ सय ६९ र गण्डकी प्रदेशमा २ हजार ८ सय ६० जना रहेको छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय २२, कर्णाली प्रदेशमा ४ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै कुल डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । यसैगरी आइतवार थप १११ जना डिस्चार्ज भई घर फर्किएका छन् । हालसम्म कुल पीसीआर परीक्षण संख्या ३ लाख ९१ हजार २७० पुगेको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । उनका अनुसार नेपालमा हालसम्म संक्रमित मध्ये ७२ दशमलव ८ प्रतिशत निको घएर घर फर्किएको बताए ।

उनले कारोना संक्रमण हुँदैमा कसैले पनि डराउनु पर्दैन भने । उनले सरकारले तोकेको मापदण्ड पुरा गरेर घरमै आईसोलेशनमा बसेर पनि कोरोनालाई परास्त गर्न सकिने पनि बताए ।

मन्त्रालयले दिएको जानकारी अनुसार हाल आईसोलेशनमा ५ हजार ६७२ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा १० हजार ९३४ जना रहेका छन् ।

थप एक जनाको मृत्यु
कोरोना भाइरस (कोभिड—१९) बाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..