कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए अमिताभ बच्चन

कोरोना निकाे भएपछि भारतीय अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन्। मुम्बईको नानावती अपस्तालबाट आइतबार उनी डिस्चार्ज भएका हुन्। असार २७ गते कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। काेराेना रिपाेर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन्।

आफू डिस्चार्ज भएको उनले ट्विटरमार्फत जानकारी गराएका छन्। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका थिए। डिस्चार्ज हुदाँ पनि उनले सामाजिक सञ्जालमार्फत् नै जानकारी दिएका छन्।

अमिताभसँगै उनका छोरो अभिषेक बच्चन पनि संक्रमित भएका थिए। उनको परिवारमा केही दिनपछि संक्रमण देखिएको थियो। बुहारी तथा अभिनेत्री ऐश्वर्या राय बच्चन र नातिनी आराध्या राय बच्चन पनि पछि संक्रमित भएका थिए। ऐश्वर्या र आरध्या यसअघि नै डिस्चार्ज भएका थिए।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..