नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्डबीच छलफल हुँदै

काठमाडौं । पार्टीभित्रको जारी विवाद समाधान गर्ने बारेमा छलफल सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल हुँदैछ ।

हिजो भएको छलफल निष्कर्षविहीन भए पनि सकारात्मक रूपमा अघि बढेका कारण आज बिहान फेरि छलफल हुन लागेको बालुवाटार स्रोतले जनाएको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको सरकारी निवासमा हुने छलफलमा भाग लिनका लागि अर्का अध्यक्ष प्रचण्ड आफ्नो निवास खुमलटारबाट प्रस्थान गरिसक्नुभएको छ ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाललाई लिएर हिजो पनि बालुवाटारमा छलफल गर्न जानुभएको थियो । ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई हिजोको बैठकमा सहभागी गराउनुभएको थियो ।

यही साउन १३ गते ओलीले एकपक्षीय रूपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यसहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीचको संवादहिनता टुटेको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..