नुवाकोटमा ३७ जनाले जिते कोरोना, संक्रमित ६ जनाको उपचार जारी

कोरोना भाइरस

नुवाकोट । साढे दुई महिना अगाडिदेखि कोरोना संक्रमित देखिन थालेको नुवाकोटमा हालसम्म ३७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । संक्रमित ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

आइसोलेसनमा रहेर उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर र वेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा रहेका ४३ कोरोना संक्रमितमध्ये ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

बाँकी रहेका ६ जना संक्रमितमध्ये ३ जनाको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र अन्य ३ जनाको काठमाडौको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

नुवाकोटमा हालसम्म ८ सय ७३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण भएको छ । जसमध्ये ४३ जनामा कोरोनाको संक्रमण देखिँदा ७ सय ७१ जनाको नेगेटिभ देखिएको कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।

स्वाबको नमूना दिएका ५९ जनाको पीसीआरको नतिजा आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये तारकेश्वरमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..