सिरहामा संक्रमणको उच्च जोखिम बढेकाले थप सर्तक रहन प्रमुख जिल्ला अधिकारीको निर्देशन

सिरहा । जिल्ला विपद् व्यवस्थापन समिति सिरहाको हिजो बसेको बैठकले कोभिड १९ संक्रमण नियन्त्रणका लागि हालसम्म स्थानीय तह र अन्य निकायले गरेको खर्च तीन दिन भित्र प्रतिवेदन सहित सार्वजानिक गर्ने निर्णय गरेको छ ।

भारतसँग सीमा जोडिएको तराईको जिल्ला सिरहामा संक्रमणको उच्च जोखिम रहेकोले सतर्कताका सबै उपाय अवलम्वन गर्न सरोकारवाला सबै निकायलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले निर्देशन दिनुभएको छ ।

जिल्लामा हालसम्म संक्रमितको संख्या २ सय १४ रहेको र दैनिक संक्रमित बढ्दै गएकोले सरोकारवाला सबै निकायलाई स्वास्थ्य सम्वन्धित सुरक्षाको सबै विधि अवलम्बन गर्न र थप सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले सार्वजानिक अपिल गरेको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..