बेलौरी नगरपालिकाको कोरोना खर्च २ करोड, कर्मचारी भत्ता २५ लाख

  u


काठमाडौं । कञ्चपुर जिल्लाको बेलौरी नगरपालिकाले कोरोना नियन्त्रणको लागि खर्च सार्वजनिक गरेको छ । नगरपालिकाले चैत देखि असार सम्म लकडाउन अवधिमा कोरोना नियन्त्रणको लागि गरेको आर्थिक खर्च सार्वजनिक गरेको हो ।

बेलौरी नगरपालिकाले लकडाउनको अवधिमा विभिन्न शिर्षकमा २ करोड २२ लाख ८४ हजार ५ सय ६५ खर्च गरेको खर्च साार्वजनिक गरेको हो । नगरपालिकाले सबै भन्दा बढी राहत तथा खाद्यय वितरणमा ६२ लाख २५ हजार ९ सय ६६ खर्च गरेको छ । क्वारेन्टिन व्यवस्थापनमा ३३ लाख ५ हजार ५ सय ८३ खर्च गरेको छ ।

नगरपालिकाले लकडाउन अवधिभरमा कर्मचारीलाई विशेष भत्ताको रुपमा व्यवस्था गरी २५ लाख ६५ हजार २ सय २९ खर्च गरेको छ । त्यस्तै तरकारी खर्च २ लाख २१ ह्जार २ सय ३० रहेको छ ।

 

 

 

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..