~ मैले जेजे भन्छु, त्यै त्यै प्रजातन्त्र ! ~

~ मैले जेजे भन्छु, त्यै त्यै प्रजातन्त्र ! ~ 1

– देव शंकर पाैडेल

घमण्डले बाकाे राताे मुख भा’काे काँचाे बाँकाे खा’छन् कि ?
युगलकाे मेल, बाडी पैराे भेल ट्रयाजिटीमा गा’छन् कि ??

प्राण, घुर्कापानी र पसिना साटी ल्याकाे कुर्ची बाकाे चाक ।
चिन्ता गर्छन्, दु:खी भूईं फुकिफुकी निमाेठ्छन् कि आफ्नै नाक ।।

“राजनेता” हुने, विधि यस्तै चुने, महाकाली, एम्सीसी ।।
राष्ट्रवादी मेलाे, किङ्करकाे सेलाे, जैजैकार मिले’छी ।।

मैले जेजे भन्छु, त्यै त्यै प्रजातन्त्र महेन्द्रीय विचार ।
अरू हुल्लडवाज, जनताकाे ताज, मै हुँ भन्ने प्रचार ।।

मार्क्स-लेनिन भन्दा, स्वच्छन्दकाे झण्डा, छ्याेमाेलाेङ्मा चुचुरी ।
पार्टी बैठक बासी, ईलामेली साक्षी, मन्का कीरा बुर्बुरी ।।

अरिङ्गाले गाेला, घमण्डका लाेला, बुर्कुसिन्छन्, काँ’सम्म ।
नेता कार्यकर्ता, देशै जाे जहाँ छ, चिन्ता गर्छन्, अचम्म !!
(२०७७ साउन १९)

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..