तत्काल लकडाउन नहुने


काठमाडौं । संक्रमण बढ्दै गए पनि सुरक्षा सतकर्ता अपनाएर सरकारले केही दिन अझै तत्काल लकडाउन नगर्ने भएको छ । आज बसिरहेको मन्त्रीपरिषद् बैठकले लकडाउन गर्न सक्ने भने पनि उक्त बैठकले लकडाउन सम्बन्धी कुनै निर्णय नगर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए छन् र आजकाे बैठकमा लकडाउनकाे एजेन्डा नरहेकाे पनि उनले जानकारी दिएका छन् ।

स्वास्थ्य विज्ञहरूले जनतालाई असहजता भए पनि सरकारले बेलैमा लकडाउन नगरे संक्रमणकाे अवस्था भयवह हुने चेतावनी दिइरहेकाे भए पनि सरकारले लकडाउन गर्ने तयारी भने गरेकाे छैन । काेराना भाइरसको संक्रमण दर र मृत्यु दर तीव्र गतिमा बढिरहेको अवस्था भए पनि तत्काल लकडाउन नहुने भएको छ । सरकारले लकडाउन खुला गरेसँगै कारोना संक्रमितको दर बढिरहेको छ ।

कोरोना संक्रमितको सख्या बढ्न थाले पछि जनस्वास्थ्य विज्ञहरुले फेरी लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..