थाहा पाइराख्नुस आज कहाँ पानी पर्छ ? कहाँ घाम लाग्छ ?

काठमाडौं । आज देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ ।

मंगलबार दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि सामान्य बदली रही प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशको केही स्थानमा तथा बाँकी प्रदेशका थेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशभर सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, प्रदेश-५ र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का र मध्यम वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिउको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..