कोरोना संक्रमण बढेपछि त्रिविले स्थगित गर्यो परीक्षा

काठमाडौं । कोरोना संक्रमण बढिरहेका बेला परीक्षाको पूर्व सूचना जारी गरेको त्रिभुवन विश्वविद्यालयले भदौ ८ बाट हुने भनिएको परीक्षा स्थगन भएको जनाएको छ।

भदौ ८ बाट तोकिएको स्तानक तहको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ। अर्को सूचना जारी नहुन्जेल सम्मका लागि परीक्षा स्थगित भएको हो।

कोरोना संक्रमणका घटना बढ्दै गएपछि केहि जिल्लामा निषेधाज्ञा गरिएको छ। विद्यार्थीहरु आउनसक्ने अवस्था समेत नरहेको भन्दै त्रिविले हाललाई परीक्षा स्थगित भएको सूचना मार्फत जनाएको छ।

लकडाउनका कारण रोकिएका परीक्षा लिने तयारी त्रिविले गरेको हो। तर, संक्रमण बढिरहेको छ भने अवस्था सामान्य हुन अझै समय लाग्ने देखिन्छ।

Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..