अख्तियारका १५ जना कर्मचारीमा काेराेना भाइरस संक्रमण पुष्टि

काठमाडौँ — अख्तियार दुुरूपयोग अनुसन्धान आयोगका कर्मचारीहमा गरिएको कोरोना परीक्षणमा १५ जनामा पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
१ सय ८२ जनाको स्वाब संकलन गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । महाशाखाका त्यसमा स’रक्षाकर्मीको संख्या धेरै रहेकाे अख्तियारले बतायाे ।
अख्तियारबाट प्रहरी प्रधान कार्यालय सरूवा भएका एक सईमा संक्रमण पुष्टि भएपछि अख्तियारमा कोरोना परीक्षण गरिएको हो ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, स्वाब परिक्षणका लागि दिइएको भएपनि त्यसको नतिजा आएकोबारे औपचारिक जानकारी नआएकाे बताए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..