स्वास्थ्य मन्त्रालयकाे सूचना : उपत्यकामा निशुल्क परीक्षण

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर नेपालमा पनि बढिरहेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या थपिइरहेको छ । यस्तो समयमा स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका लागि निशूल्क कोरोना परीक्षण गर्न सूचना नै जारी गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाका विभिन्न १४ अस्पतालको नामावलीसहित कोरोना परीक्षणका लागि उपत्यकाका बासिन्दालाई सूचना जारी गरेको हो । मन्त्रालयले तोकिएका अस्पतालमा बिहान ९ बजेदेखि १ बजेसम्म उपस्थित भएर स्वाब संकलन गराउनका लागि अपिल गरेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..