
बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना २ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँमा रहेको राजश्व अनुसन्धान कार्यालय प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र सूर्ति व्यवसायीसँग घुस लिँदा लिँदै बुटवलको बुद्धचोकबाट पक्राउ परेका हुन् ।
पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले रानालाई घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले रानालाई घुस दिने अनिलकुमार झालाई समेत पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
Loading...