
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले एक महिलालाई बोक्सीको आरोप लगाएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ ।
प्रहरीले मर्स्याङ्दी गाउँपालिका– ८ का २८ वर्षीया विष्णुमाया तामाङलाई बोक्सीको आरोप लगाएको अभियोगमा पीडित तामाङका ससुरा ६५ वर्षीय गोरेबहादुर तामाङ, सासू ६२ वर्षीया कौरीमाया तामाङ, जेठानी आसकुमारी तामाङ र स्याङ्जा भिरकोट नगरपालिका– ९ बस्ने धामी काम गर्ने रामप्रसाद गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा लिएका चारैजनालाई लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले बताउनुभयो । आरोपी तामाङको जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
Loading...