
नुवाकोट । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित फेला परेपछि नुवाकोटको पूर्वी भेगमा रहेको ककनीमा निषेधाज्ञा जारी गरिएको छ ।
सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको पर्यटकिय ककनीमा मंगलबार एक जना कोरोना सङ्क्रमित भेटिएसँगै स्थानीय सरकारले निषेधाज्ञा जारी गरेको हो ।
ककनी गाउँपालिका –५ घमौलोका एक ६० वर्षिय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो स्थान र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी पदनुभयो ।
हिजो जारी भएको विज्ञप्तिमा घमौलो, ककनी हाइटलगायतका स्थानमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
यो सँगै नुवाकोटमा कोरोना सङ्क्रमितको संख्या ४४ पुगेको छ । नुवाकोटमा ९ सयभन्दा बढीको पीसीआर जाँच गरिएको छ ।
Loading...