अमेरिकाबाट सिरियामा युद्ध सुरु, अब के होला विश्व राजनीति? रुसको प्रतिक्रिया आउन बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत र फ्रान्सको सहयोगमा सिरियाविरुद्ध मिसाइल आक्रमणको अनुमति दिएका छन् ।

यो आक्रमण गत साता सिरियाको एउटा गाउँ दुमामा भएको कथित रासायनिक आक्रमणको प्रतिक्रियाका रुपमा गरिएको हो ।

ट्रम्पले देशको नाममा जारी आफ्नो सन्देशमा भनेका छन्–फ्रान्स र संयुक्त अधिराज्यको सशस्त्र सेनाको साथमा एउटा सशस्त्र अपरेशन चलिरहेको छ।

सिरियाको राजधानी दमास्कस नजिकै विष्फोटको आवाज आएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

बेलायती प्रधानमन्त्री टेरिजा मेले आक्रमणमा बेलायत सहभागी भएको पुष्टि गर्दै भनेकी छन्–बल प्रयोगको विकल्प अरु कुनै विकल्प थिएन ।

यद्यपि उनले यो पनि भनेकी छन् कि यो मिसाइल आक्रमणको उद्देश्य ‘सत्ता परिवर्तन’ थिएन ।

ट्रम्पले भनेका छन्–आक्रमण सिरियाली सरकारको ‘रासायनिक हतियार उत्पादन स्थाल’मा आक्रमणको आदेश दिएको छ।

मेरिकी राष्ट्रपतिले भनेका छन् कि यसको यद्देश्य‘रासायनिक हतियार प्रयोग, प्रसार र उत्पादन माथि अंकुश’ लगाउने कोशिस भएको बताएका छन् ।

सिरियाली राष्ट्रपति बशर अल असदका बारेमा कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्–यी कुनै मानिस नै होइनन्, बरु एउटा शैतानका अपराधी हुन् ।

उता सिरियाले कुनै पनि रासायनिक हतियार प्रयोग भएको कुरा अस्वीकार गरिसकेको छ।

यसअघि रुसले सिरियामाथि अमेरिकाले आक्रमण गरे त्यो युद्धको घोषणा भएको मानिने चेतावनी दिएको थियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..