वीरगञ्जमा कोरोना संक्रमणबाट १८ वर्षीय युवतीको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट १८ वर्षीय युवतीको मृत्यु 1

साउन २१, वीरगन्ज — १८ वर्षीय युवर्ती विरामी भएर अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भइन् । ती युवतीको कोरोनो परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका  स्रोतले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार अकस्मात पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । अस्पताल ल्याइपुर्‍याउँदा बाटोमा उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् ।

त्यसपछि ती युवतीको शव अस्पतालमै राखेर स्वाब संकलन गरी परीक्षणका लागि नारायणीको प्रयोगशाला पठाइएको अस्पतालमा कार्यरत चिकित्सकले जानकारी दिए । वीरगञ्जमा मेयरदेखि समुदायसम्म कोरोना संक्रमणको महामरी फैलिएको छ । वीरगन्ज अहिले लकडाउनको अवस्थामा रहेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..