कोरोना परीक्षण बढाउछौं : प्रजिअ रुद्रादेवी शर्मा

हामीसंग अहिले ९९ वटा आइसोलेसन छन् । त्यसमा १०–१५ वटा तत्काल थप्न सक्ने अवस्था पनि रहेको छ । भोली हामीले आइसियू र भेन्टिलेटर चाहिने अवस्था पनि देखेका छौं । त्यसका लागि अहिले जिल्ला बाहिर रिफर गर्नु पर्ने छ । भोली परीक्षणको दायरा बढाउँदा संक्रमणको अवस्था बढ्यो भने हामी त्यो रणनीति लिन तयारी गर्दछौं ।

कोरोना परीक्षण बढाउछौं : प्रजिअ रुद्रादेवी शर्मा 1

सरकारले आन्तरिक आवगमनलार्ई खुल्ला गरेको छ । जिल्लाभित्रको आवागमन सामान्य अवस्थामा जस्तै चलिरहेको छ । रामेछापको जिल्लाको अवस्था कस्तो छ । माहामारी र दैनिकिलार्ई कसरी व्यवस्थापन गरिएको छ । यस्तै विषयमा रामेछाप जिल्लाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग राजमार्गको लागि गरिएको संवादको संशोधित अंश प्रस्तुत छ  :
कोरोना परीक्षण बढाउछौं : प्रजिअ रुद्रादेवी शर्मा 2
जिल्लामा शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
जिल्लामा शान्ति सुक्षाको अवस्था सामान्य छ । जिल्लामा बाहिरबाट आउनेको अवस्था बढ्दो छ । बाहिरबाट आएका मानिसहरुलार्ई क्वारेन्टिइनमा राखेका छौं । सबै स्थानीय तहहरुलाई क्वारेन्टिनमा राख्नु पनि भनेका छौं । अहिले होम क्वारेन्टिनको पनि कुुरा आएको छ । तर सबै घरहरु मापदण्ड अनुसार नभउको कारण क्वारेन्टिनमा राख्दै आएका छौं । हामीले परिक्षणको दायरा पनि बढाउने तयारी गरेका छौं । अहिले व्यापार व्यवसायहरू सबै खुला भएको कारण संक्रमितको अवस्था कायमै छ । सबै नागरिक तथा व्यवसायीहरु आफ्नो तर्फबाट सजक हुन पर्ने आवश्यकता छ । हामीले पहिलो चरणमा माक्सहरु बढ्यौं । र अहिले हामीले कार्वाही पनि गर्न थालेका छौं । कोरोना अवस्था बढी हालेको खण्डमा पनि हामीले उपचार गर्न सक्ने अवस्था रहेको छ । आइसोलेसनहरु अहिले पनि खाली अवस्थामा नै रहेको छ ।

कोरोना नियन्त्रणको लागि कस्तो खालको सुरक्षा व्यवस्था गरिएको छ ?
कोरोनाको लागि हामीले नियमित सावुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने , भिडभाड नगर्ने, अनावश्यक रुपमा वाहिर घुमफिर नगर्ने, अनिवार्य माक्स प्रयोग गर्ने, आवश्यक स्वास्थ्य सचेतना अपनाउन भनेका छौं । जिल्ला बाहिरबाट आएका मानिसहरुको लागि लागि क्वारेन्टाइन व्यवस्था गरेका छौं । पिसिआर परिक्षण पनि गराएका छौं ।
यो भइरहेको भयो । हामीसंग अहिले ९९ वटा आइसोलेसन छन् । त्यसमा १०–१५ वटा तत्काल थप्न सक्ने अवस्था पनि रहेको छ । भोली हामीले आइसियू र भेन्टिलेटर चाहिने अवस्था पनि देखेका छौं । त्यसका लागि अहिले जिल्ला बाहिर रिफर गर्नु पर्ने छ । भोली परीक्षणको दायरा बढाउँदा संक्रमणको अवस्था बढ्यो भने हामी त्यो रणनीति लिन तयारी गर्दछौं ।
संक्रमण भएको क्षेत्रलार्ई मात्र शिल गर्ने, यहाँ कफ्र्यु लगाउर्ने या हामीले दिएको अहिलेको व्यवस्थालार्ई समय तोकेर व्यापार व्यवसाय गर्न दिने र अन्य कामहरुलार्ई पनि यसरी नै अगाडी बढाउने त्यसको तयारी अवस्था हेरेर गर्दछौं । अहिले चाहिँ हामी सामुदायक स्तरमा गएको छैनौं । अहिले हामी जे काम गर्दछौं । पुर्ण रुपमा स्वास्थ्य सुरक्षा अपनाएर गर्दछौं ।

जिल्लाभित्रको आवागमनलार्ई कसरी व्यवस्थित गरिएको छ ?
जिल्लाभित्र सञ्चालन हुने यातायातलार्ई हामी आधारभूत स्वास्थ्य सुरक्षाको व्यवस्था सहित सञ्चालन गर्न भनेका छौं । सिट क्षमताभन्दा आधा यात्रु राखेर सञ्चालन गर्न भनेका छौं । त्यसमा उनीहरुले साविक भन्दा ५० प्रतिशत बढी भाडा लिन पाउँछन् । त्यसको लागि हामीले कडाइको साथ नियम पालना गराउन लगाएका छौं । जिल्ला भिन्न ठाउँमा चेक पोष्टहरु राखेर चेक जाँच पनि गरिरहेका छौं ।
अन्य जिल्ला र काठमाडौं जिल्लाको हकमा चाहिँ कडाई गरिएको छ । अब अन्तर जिल्लामा पनि हामीले पठाउँदा सम्बन्धित जिल्लासंग सम्मन्वय सहमति गरेर मात्र पठाउने गरेका छौं । उपत्यकामा चाहि अत्यावश्यक र विरामी बाहेकलार्ई धेरै नियन्त्रण गरेका छौं । यदि पठाइ हाल्नु परो भने पनि काठमाडौं जिल्लासंग सम्मन्वय गरेर पठाउने गरेका छौं । अब सबैले बुझ्न पनि पर्ने हुन्छ । संसार भर भएको कुरा हो । हामी कहाँ मात्र भएको हैन ।

कोरोना परीक्षण बढाउछौं : प्रजिअ रुद्रादेवी शर्मा 3

 

यातायात व्यवसायीहरुले आधिकारिक रुपमा काउन्टर नखोली यातायात सञ्चालन गरि रहेका छन् ? यसको नियम भएको देखिदैन नी ?
हामीले कुनै यातायात व्यवसायीलार्ई कान्टर नखोल्न भनेका छैनौं । उहाँहरुले खुल्दिनौं पनि भनेको छैन । त्यो उहाँहरुले किन यस्तो गर्नु भयो उहाँहरुलार्ई नै था होला । हामीले सरकारले तोकेको मापदण्डमा गाडी सञ्चालन गर्न भनेका छौं । सवारी साधनले सरकारको निर्णय भन्दा बाहिर रहेर कसैले गाडी चलाएको भए हामीलार्ई खबर गर्न पनि सबैमा आग्रह गरेका छौं । यसरी कम्प्लेन आएको खण्डमा हामी त्यसलार्ई तत्काल कार्वाही गर्दछौं । हामीले गर्दै पनि आएका छौं । यदि कसैलार्ई त्यस्तो अप्ठेरो तथा अत्यावश्यक भएको अवस्थामापुग्न पर्ने ठाउँको सम्बन्धीत निकाएको सहमतिमा हामीले पठाइ रहेका छौं । नक्कली विरामी भनेर आएर पास लिएको पनि पाइएको छ । त्यस्तो नगरौं नत्र बास्तविक विरामी र नक्कली विरामी पहिचान गर्न नसक्दा विरामीले दुःख पाउन पनि सक्दछन् ।

कोरोना माहामारीको बीचमा स्थानीय तहहरुले आर्थिक अनियमितता गरेको पाइन्छ ? यस सम्बन्धी कुनै रिर्पोर्ट जिल्ला प्रशासनमा आएको छ ?
कुन कुन शीर्षकमा कति खर्च गरेको छ । भन्ने चाहिँ आएको छैन । जम्मा खर्च चाहिँ आएको छ । हामीले सबै स्थानीय तहहरुलार्ई त्यो पनि मागेका छौं । अब कारोना कोषमा कति रकम थियो । कति खर्च भयो । अब कति बाँकि छ, कोषमा रकम भन्ने बिषयमा थप जानकारी मागेका छौं । स्थानीय रुपमा कोरोना नियनत्रण गर्न स्थानीय तहहरुलार्ई अधिकार छ । हामीलार्ई अहिलेसम्म सबै जानकारी गराई सक्नु भएको छैन । हामीले मागी रहेका पनि छौं ।
अहिलेसम्म कुनै पनि स्थानीय तहले हामीलार्ई अनियमितता गरेको भन्ने गुनासो तथा उजुरी दिएको छैन ।

केही खास बिषय भन्दा अरु बिषयमा जिल्ला प्रशासन र स्थानीय तहहरुको खासै राम्रो सहकार्य देखिदैन किन ?
हामीले जिल्लामा भएको सबै स्थानीय तहहरुसंग आवश्यक छलफल र सहकार्य गरेर अगाडि बढेका छौं । सबै स्थानीय तहहरुले पनि जिल्ला प्रशासन कार्यलयसंग छलफल गरेर अगाडि बढेका छौं । सबै स्थानीय तहले अहिले सम्म सकारात्म रुपमा काम गर्नु भएको छ । हामीले सबै स्थानीय तहहरुसंग छलफल गरेर नै काम गरेका छौैं । हामीले धेरै निर्णय पनि गरेका छौं ।
स्थानीय तह अहिले स्वायत्त छन् । सबै कुराहरुमा जिल्ला प्रशासन कार्यलयसंग छलफल गर्नु पर्ने आवश्यकता पनि हुदैन । जिल्ला प्रशासन संघिय सरकार माताहतमा रहन्छ । स्थानीय तह आफै एउटा सरकार हो ।

सुशासन कायम गर्न स्थानीय तहहरु र जिल्ला प्रशासनको कस्तो खालको सहकार्य आवश्यक छ ?
यस्तो छ । हामी संघको कार्यलय भित्र छौं । हाम्रो काम भनेको विकास निर्माणको कामलार्ई सहजिकरण गर्ने हो । सर्वाजनिक सेवालार्ई प्रभावकारी बनाउने कुरा, सुशासन र सुचनाको हकलार्ई प्रभावकारी बनाउने हो । कानुनी दायित्वबोध गराउने कुरा हो । यो भूमिका स्थानीय सरकार सञ्चालन ऐन, नियम तथा प्रचलित कानुनभित्र रहेका पनि छन् । उहाँहरुले आफ्नो स्थानीय तहमा योजना बनाउने, कार्यन्वयन गर्ने, त्यसको अनुगमन गर्ने, सम्पूर्ण अधिकार स्थानीय तहलार्ई छ । कतिपय स्थानीय प्रदेशको सहकार्य, कतिपय स्थानीय संघको सहकार्य र कतिपय स्थानीय तहको आफ्नै कार्यक्षेत्र भित्रको कुराहरु रहेको छ । स्थानीय तहहरुले चाहिँ आफ्नो कार्यक्षेत्रभित्र रहेर काम गर्नु पर्दछ । हामीले चाहिँ समग्र शान्ति सुरक्षा हेर्नुपर्ने तथा कुनै पनि विकास निर्माणमाको गुणस्तरको कुरा अनियमितताको कुरा आउँदा हेर्नपर्ने हुन्छ । सार्वजनिक सेवा प्रभावकारी बनाउने, सर्वजनिक सेवा पारदर्शीता बनाउने, मितव्यीता, कार्यदक्षता यी कुराहरुको नियमित गर्ने गर्नुपर्दछ । यसरी काम गर्दा स्थानीय तहहरु पनि निर्वाविद हुन्छन्, र जिल्ला प्रशासन कार्यलयको पनि भूमिका राम्रो देखिन्छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..