
साउन २१, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट नेपालमा सबैभन्दा धेरै एकैदिन पाँच जना मानिसको मृत्यु भएको छ । पर्सा र मोरङ जिल्लामा २ २ जना र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ ।
कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको हो ।
वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालको स्रोतले जनाएको छ । उनी सुगरका विरामी समेत हुन् । उनमा संक्रमण पुष्टि भएको थियो ।
२० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार नभई उनको आज बिहान मृत्यु भएको हो ।
यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृत घोषणा गरे ।
स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए । मृतकको घर पोखरिया–८ जगतपुर हो ।
मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पताल विराटनगरका मेडिकल कलेजका अनुसार बुधबार दिउँसो दुबै जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान मृत्यु भएको थियो ।
कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।
यस्तै बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको छ ।
सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरोना संक्रमण भएको १९ गते पुष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।