सरकारको ५ बुँदे निर्देशन, राती आवगमन बन्द, दिउँसो जोरबिजोर प्रणाली लागू

काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागि ५ बुँदे निर्देशन जारी गरेको छ । सबै जिल्ला प्रशासन, व्यवसायी, नागरिक सबैलाई लागुहुने गरि सरकारले यो निर्देशन जारी गरेको हो ।

सरकारले स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरुक्षाको मापदण्डलाई कडाईको साथ पालन गर्न र नगर्नेलाई कार्वाही गर्न निर्देशन गरेको छ । त्यस्तै देशको शहरी इलाकामा रातिको समयमा आवगमन बन्द गर्ने र दिउसोको समयमा जोरबिजोर प्रणाली लागु गर्न निर्देशन गरेको छ ।

उपत्यका भित्र प्रवेश गर्ने सवारी साधनलनई पनि सरकारले कडाईका साथ पालन गराउन निर्देशन दिएको छ ।

 

प्रेस विज्ञप्ति

कोभिड-19 को संक्रमण बढ्दै गएको वर्तमान अवस्थामा सो को रोकथाम र नियन्त्रणका लागि देहाय बमोजिमको निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने आवश्यक व्यवस्था हुन सवै सुरक्षा निकाय र सवै जिल्ला प्रशासन कार्यालयहरुमा विशेष निर्देशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि अनुरोध छ ।

  1. नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्ने, गराउने । मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने व्यक्तिलाई दण्ड जरिवाना गर्ने । जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था भए सो को सञ्‍चालक समेतलाई कारवाही गर्ने ।
  2. काठमाण्डौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सवै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका 7:00 बजेदेखि विहान 7:00 बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्ने । काठमाण्डौ उपत्यका र कोभिड-19 को 200 भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोलि मिति 2077/04/22 गतेदेखि लागुहुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्‍चालन गर्ने व्यवस्था गर्ने । यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा जिल्ला भित्र समेत बेलुका ९:00 बजेदेखि विहान 5:00 बजेसम्म आवागमन बन्द गर्ने ।
  3. कोभिड-19 को संक्रमणको जोखिमको विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) ले निर्णय गरी तुरुन्त बन्द गर्ने, कोभिड-19 को थप परीक्षणको व्यवस्था मिलाउने ।
  4. नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्ति बाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गर्ने ।
  5. होटल, रेष्टुरेण्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला जस्ता कार्य निषेध गर्ने ।
Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..