मोरङ प्रशासनलाई विद्यार्थीको संयुक्त ज्ञापन पत्र, शैक्षिक विकृति रोक्न ३ बुँदे माग

काठमाडौं । मोरङ जिल्लामा सकृय भिविन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले जिल्ला भित्र भएको शैक्षिक विकृति रोक्न ३ बँदे माग जारी गरेको छ ।

बुधबार जिल्लामा सकृय विद्यार्थी संगठनहरु अनेरास्ववियू मोरङ, नेपाल बिद्यार्थी संघ मोरङ र स.वि.फो मोरङले सयुक्त रुपमा मोरङका प्रमुख जिल्ला अधिकारी र विराटनगर महानगरपालिकाको शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाएर उनीहरुले विकृति राोक्न माग गरेको हो ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइसरले देश थिलथिलो अवस्थामा रहेको बेलामा पनि शैक्षिक सस्थाहरुले विभिन्न बाहान निकाल्दै विद्यार्थी भर्ना गर्ने गरेकाले तत्काल रोक्नको लागि माग गरेको छ । विद्यार्थी संगठनले ४८ घण्टे अल्टिमेटम दिदै यदि शैक्षिक सस्था दोषी पाइए कार्वाही गर्न पनि माग गरेको छ । आफ्नो माग पुरा नगरे अप्रिय कदम चाल्न बाध्य हुने विद्यार्थी नेताहरुले बताएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..