इन्जिनियरिङ एसाेसिएसन चाँगुनारयणको जवाफ, नागरिकको काम गर्ने अधिकार हामीलाई छ

 

 

काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरपलिका भित्र रहेको नगरवासीको लागि काम गर्ने स्वतन्त्र नधिकार नगरपालिकालाई रहेको जनाएको छ । नगरपालिकाले बुधबार एक विज्ञप्ती जारी गरि यस्तो बताएको हो ।

नगरपालिकाले नगरभित्र निर्माण हुने नक्सा डिजाइनको बिषयमा सेवा ग्राहिलाई निशुल्क सेवा दिने निर्णय बमोजिम स्वतन्त्र निर्माण व्यवसायी संघ काठमाडौंसंग सम्झौता गरेको बिषायमा इन्जिनिर्य एशोसियसनले बिरोध गरे पछि नगरपालिकाले यस्तो जवाफ दिएको हो ।

नगरपालिकाले नगरभित्र काम गर्ने कुनै इन्जिनियर तथा त्यस सम्बन्धी काम गर्ने फर्महरुलाई निशुल्क सेवा दिन बाध्यकारी नबनाइएको पनि जानकारी दिएको छ । प्रमुख प्रशासकिय अधिकृत चिरिन्जिवी तिमल्सिनाले जारी गरेको विज्ञप्तीमा नगरवासीले आफ्नो भवन निर्माणका लागि आफ्नो रोजाइका डिजाइनर, इन्जिनियर, निर्माणकर्ता तथा निर्माण सामाग्री प्रयोग गर्ने अधिकार रहेको जनाएको छ ।

 

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..