
नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।
ब्यारेकमा बसेर प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि भएको निजी सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यले भने, ब्यारेकमा बसेर अध्यक्षको सुरक्षामा खटिने ६ जना नेपाल प्रहरीमा कोरोना पुष्टि भयो । त्यसले अध्यक्ष प्रचण्डसहित सबैजनाको कोरोना टेष्ट गरिएको थियो ।
प्रचण्डसहित सचिवालय र सुरक्षामा खटिएका अन्य सुरक्षाकर्मीको पनि कोरोना भाइरसको परीक्षणका लागि स्वाब परीक्षण गरिएको थियो । प्रचण्डसहित सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।
६ जनाको रिपोर्ट पोजेटिभ आएपछि नेकपा अध्यक्ष प्रचण्डले आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिन सचिवालय र आफ्नो सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।
Loading...