काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यका

साउन २२, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन निरन्तर बढिरहेको छ । गएको २४ घन्टामा काठमाडौं उपत्यकाका जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरमा ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाडौंमा ७३ जना, भक्तपुरमा १ जना र १० ललितपुरमा जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।

त्यस्तै गएको २४ घण्टामा २ सय ३३ जना कोरोनामुक्त भई घर फर्किएका छन्।

प्रवक्ता गौतमले हालसम्म १५ हजार ३ सय ८९ जना कोरोनाबाट निको भएको जानकारी दिए।

विगत २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १९ हजार बढीको पिसिआर परीक्षण भएको छ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..