पर्सामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पर्सा । वीरगन्जमा बिहीबार कोरोना भाइरस संक्रमणका कारण थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ बर्षका पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

बिहीबार बिहान करिब ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

मृतक मुटुरोगी, निमोनिया र श्वास प्रश्वासको समस्या देखिएपछि गत मगंलवार दिउँसो कोभिड अस्पतालमा लगेर भर्ना गरिएको मेसु डाक्टर उपाध्यायले बताए ।

यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षिय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायण अस्पतालका डाक्टर उदय नारायण सिंहले बताए ।

नारायणी अस्पतालको प्रयोगशालाबाट बिहिबार साँझ प्राप्त रिपोर्टमा ती बृद्धको पनि पिसिआर रिपोर्ट पोजेटिभ रहेको डाक्टर सिंहले बताए ।

मूर्लीस्थित आफनै घरमा साउन २० गते राति मृत्यु भएका बृद्धको कोरोना परिक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइ थियो ।

पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..