आज र भोलि काठमाडौंका यी क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालले जानकारी दिए ।

प्राधिरकणका अनुसार शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटैती हुने छ ।

सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने प्राधिकरणले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..