
काठमाडौं । आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशमा १/२ स्थानमा हल्का बर्षा भइरहेको हो ।
हाल मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज दिउँसो र राति देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राति प्रदेश-१, बागमती र गण्डकी प्रदेशका १/२ स्थानमा भारी वर्षाकोसमेत सम्भावना हरेको मौसमविद् श्रेष्ठले बताए ।
Loading...