पूर्वमन्त्री बस्नेतलाई पितृशोक

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।

उहाँका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।

उहाँ लामो समयदेखि प्यारालाइसिसबाट पीडित हुनुहुन्थ्यो । उहाँको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..