
काठमाडौं । काठमाडौं उपत्यकालाई सर्ट डाउन गर्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गए पछि अत्यवश्यक वाहेकका सेवाहरु बन्द गर्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा सरकारी कार्यलय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढदै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यलयहरुमा बढी देखिन थालेको छ ।
उपत्यकाभित्र रहेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र उद्योग बाणिज्य संघका प्रतिनीधिहरुले उपत्यकामा सर्ट डाउनको तयारी गरेको प्रजिअ दाहालले बताए ।
सरकारी कार्यलयबाट हुने अत्यवश्यक बाहेक अरु सेवा तत्कालको लागि रोक्ने र आंशिक रुपमा कार्यलयहरु खोल्ने तयारी गरेको दाहालले जानकारी दिए । उनले यसको लागि आज ११ बजे बैैठक बस्ने र निर्णय गर्ने तयारी गरेको बताए ।