
सिराह । सिरहाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले पुष्टि गरेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार मिर्गौला रोगी ती युवक डायलासिस सेवा लिन धरान पुगेका थिए ।
प्रजिअ कणेलका अनुसार केही दिन अगाडि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शवलाई सिरहामै व्यवस्थापन गरिने छ ।
उनको कन्ट्याक्ट ट्रेसिङ्गमा आएका परिवारका चार जनालाई क्वारेन्टिनमा राखिएको प्रजिअ कणेलले बताए ।
Loading...