पर्सा वीरगन्जमा अहिलेसम्मकै ठूलो संख्या १४२ जना कोरोना संक्रमण पुष्टि

साउन २३, वीरगञ्ज । वीरगञ्जमा अहिलेसम्मकै धेरै सेना, प्रहरी, चिकित्सक, सर्वसाधारणसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो । संक्रमित मध्ये २२ जना महिला छन् भने रौतहट र बाराका ४/४ जना रहेका छन् ।

बिहीबार गण्डक कोरोना अस्पतालमा मृत्यु भएका वीरगञ्ज(११ का ५७ वर्षीय पुरुष र घरमै मृत्यु भएका ७९ वर्षीय वृद्ध पनि यो संख्यामा समावेश छन् ।

त्यसबाहेक नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज २५ सिर्सिया क्षेत्रमा ३९ जनालगायतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ७२ वर्षीय वृद्ध, ६८ वर्षीया वृद्धा, २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

वीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारीमा पनि कोरोना देखिएको छ । यसअघि वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

५ दिनदेखि ज्वरो आएर शंकास्पद संक्रमितको रुपमा कोरोना विषेश अस्पताल गण्डकमा भर्ना भएका बाराको कलैया उपमहानगरपालिका(१ का ३७ वर्षीय पुरुष, ज्वरो टाउको दुख्ने र कमजोरीको समस्या लिएर नेशनल मेडिकल कलेजमा भर्ना भएका बारा च्युटाहाका २३ वषिर्य युवक, तराई अस्पतालमा उपचाररत ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज ११ फूलबारी टोलका ५३ वर्षीय, ५ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज १० आदर्शनगरका ५० वर्षीया महिला, ५५ र २४ वर्षका पुरुषमा, ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज(१७ अलौंका ६९ वर्षीय, बाराको जीतपुरसिमराका ३५ वर्षीया महिला, खोकी लागेर कोरोना जाँच गराएका वीरगञ्ज(७ का ३६ वर्षीय पुरुषमा कोरोना देखिएकोछ

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..