काठमाडौं उपत्यकामा एकैदिनमा कोरोना भाइरसको संक्रमतिको संख्या १०६ पुग्यो

साउन २३, काठमाडौँ – काठमाडौं उपत्यकामा गएको २४ घण्टामा १०६ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताकाअनुसार काठमाडौँका ९२ जना, ललितपुरका १० जनामा र भक्तपुरका ४ जना गरी जम्मा १०६ जना कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोनो संक्रमणबाट काठमाडौं उपत्यका दैनिक झन्डै दोहोरो संख्यामा वृद्धि भइरहकको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४६४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..