नुवाकोटमा निषेधाज्ञा, उल्लंघन गरेमा कारबाही गर्ने

नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण बढदै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

 

काठमाडौं । नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण बढदै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लाका विदुर नगरपालिका, लिखु र सुर्यगढी गाउँपालिकाका सबै क्षेत्र तथा वेलकोटगढी नगरपालिका, पञ्चकन्या, शिवपुरी र ककनी गाउँपालिकाका केही क्षेत्रमा मिति २०७७ श्रावण २४ गते राति १२ बजेदेखि लागुहुने गरि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका नुवाकोट जिल्लामा समेत हालसम्म ५३ जना व्यक्तिहरु संक्रमित भइसकेको अवस्था भएकाले निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ झंकनाथ ढकालले जानकारी दिए ।

शुरुका दिनमा विदेशबाट आई क्वारेन्टीनमा बसेका व्यक्तिहरुमा मात्र संक्रमण देखिएकोमा हाल समुदायस्तरमा समेत संक्रमण फैलिने अवस्था देखिएको छ ।

बन्दाबन्दीको अन्त्य भएसँगै संक्रमणको दर वृद्धि भएको तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत संक्रमण देखिन थालेको हुँदा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि थप सतर्कता अपनाउनुपर्ने अवस्था सृजना भएको छ ।

यस सन्दर्भमा नुवाकोट जिल्लाको अन्य क्षेत्रमा जिल्ला कोरोना संकट व्यवस्थापन गर्न मिति २०७७।०४।२४ गते राति १२ बजेदेखि १० दिन सम्मका लागि यो निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ । निषेधाज्ञ नमानेमा प्रशासनले प्रचलित कानून बमोजिम कारर्वाही गर्ने समेत जानकारी दिएको छ ।

निषेधाज्ञा जारी हुने क्षेत्र

१ विदुर नगरपालिकाका सम्पूर्ण क्षेत्र

२ लिखु गाउँपालिकाका सम्पूर्ण क्षेत्र

३ सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्र

४ बेलकोटगढी नगरपालिकाका वडा नं ५,७,८,१०,११,१२ र १३ का सम्पूर्ण क्षेत्र

५ पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र

६ शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र

७ ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र

निषेधाज्ञा जारी भएका क्षेत्रमा औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन भनेको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन मोटरसाइकल समेत सञ्‍चालन गर्न रोक लागाइएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न तर खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने जनाइएको छ ।

स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक बैंक, वित्तीय संस्था, सहकारी सहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्‍चालन गनृ नपाइने भएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक विवाह, व्रतवन्ध लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन नगर्न प्रशासनले आदेश गरको छ ।

निषेधित क्षेत्र बाहेक जिल्लाको सम्पूर्ण भागमा धार्मिक, सांस्कृतिक, सामाजिक विवाह, व्रतवन्ध लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन नगर्ने, नगराउने प्रशासनले आग्रह गरेको छ । जिल्लाका सबै नाकाहरुबाट अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन बाहेक सम्पूर्ण सवारी साधन तथा पैदल आवातजावत पूर्णरुपमा रोक लगाएको पसिन जानकारी दिएको छ ।

 

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..